कमसल सेनिटाइजर उत्पादन तथा विक्री गरेको आरोपमा दुई जना पक्राउ, सञ्चालक फरार « Khabarhub

कमसल सेनिटाइजर उत्पादन तथा विक्री गरेको आरोपमा दुई जना पक्राउ, सञ्चालक फरार


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सेनिटाइजर उत्पादन कम्पनी मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीमा कार्यरत रामेछापका सुजन गौतम र बझाङ घर भइ हाल कोटेश्वर बस्ने चन्द्रप्रसाद जोशीलाई पक्राउ गरेको हो ।

कमसल सेनिटाइजर उत्पादन गरी विक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ‘नेपाल ह्याण्ड सेनिटाइजर’ नामक सेनिटाइजर उत्पादन गर्ने कम्पनीका दुई जनालाई पक्राउ गरेको अपराध महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।

सोही कम्पनीका सञ्चालक काठमाडौँ सामाखुसी बस्ने सुजन दाहाल भने फरार रहेको र उनको खोजी जारी रहेको सूचना अधिकृत पंगेनीले बताए ।

उक्त कम्पनीबाट प्रहरीले सेनिटाइजर, मेसिन बरामद गरेको छ । पक्राउ परेका दुईजनालाई कमसल माललाई असल भनी झुक्याइ विक्री गरेको एवं औषधी मिसावट गरी विक्री गरेको कसुरमा कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गत कारबाहीका लागि महानगरीय वृत्त सानोठिमी पठाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ५० बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर