सरकारलाई कर उठाउन बाटो खुला, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज (आदेशसहित) « Khabarhub

सरकारलाई कर उठाउन बाटो खुला, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज (आदेशसहित)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा सरकारलाई कर उठाउने बाटो खोलिदिएको छ ।

न्यायाधीशहरू आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार सरकारलाई कर उठाउने बाटो खोलिदिएको हो ।

यसअघि जेठ ५ गते सर्वोच्चले नै बन्दाबन्दी खुलेको ३० दिनभित्र मूल्यअभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु/नगराउनु, बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र यी विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको थियो ।

तर त्यो आदेशविरुद्ध अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागलगायतका सरकारी निकायले जेठ २५ मा भ्याकेट निवेदन दर्ता गरेका थिए । सोही भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्चले आर्थिक ऐन २०७७ मा भएको व्यवस्थाअनुसार कर उठाउन सक्ने भनेको छ ।

अब अर्थ मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख भएको अवधिसम्म मात्र कर नतिरेमा जरिवाना छुट पाउन सक्ने सर्वोच्चले आदेश दिएको छ ।

मंगलबार जारी गरिएको आदेशमा अर्थ मन्त्रालयले आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम निर्णय गरी कर विवरण बुझाउने अवधि थप गर्ने र प्रक्रिया सरलीकरण गर्ने हुँदा मन्त्रालयले दिएको अवधिसम्मको लागि मात्रै कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्न भनिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ५७ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड