नागरिकको जीउधनको सुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता : गृहमन्त्री « Khabarhub

नागरिकको जीउधनको सुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता : गृहमन्त्री


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री खगराज अधिकारीले सीमाको संवेदनशीलतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अधिकारीले नेपालीहरु सीमाका बारेमा अत्यन्त संवेदनशील रहेको भन्दै सीमाको रक्षाका लागि सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

उनले तोकिएको समयमा निर्वाचन हुने भन्दै निर्वाचनको सुरक्षा लागि आवश्यक तयारी पनि भइरहेको जानकारी दिए । त्यस्तै उनले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताए ।

महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आशन्न निर्वाचनलाई विश्वस्तरले विश्वसनीय ठान्ने गरी तयारीका लागि कार्ययोजना बनाउन मन्त्रालयले टोलीले काम गरिरहेको उनले बताए ।

मन्त्री अधिकारीले गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी कामगर्ने जिकिर गरे ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै