हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा « Khabarhub

हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- वाग्मती प्रदेश सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले सरकारले सञ्चालन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरण खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख गर्दै प्रतिष्ठान मातहतका हेटौंडा अस्पतालको भवन निर्माणलगायत स्वास्थ्य सम्बन्धी पूर्वाधार विकास गर्न पनि बजेट विनियोजन गरेको बताए । यसैगरी प्रदेशसभा सदस्य स्वर्गीय पशुपति चौलागाईको स्मृतिमा दोलखा जिल्लास्थित चरिकोट अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गरी सुविधा सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गरिएको मन्त्री ढुङ्गेलले बताए ।

सरकारले पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको स्मृतिमा हेटौँडामा बृहत सम्मेलन कक्षको स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री ढुङ्गेलले प्रदेशका निजामति कर्मचारी र स्थानीय तहका कर्मचारीको वृत्ति विकासका लागि आगामी साउन महिनादेखि लागू हुने गरी मासिक रु २ हजार तलब वृद्धि गर्ने र उनीहरुका लागि छुट्टै प्रशिक्षण प्रतिष्ठानको स्थापना गरी सञ्चालनमा ल्याउने बताए ।

यसैगरी सरकारले प्रदेशको राजधानी हेटौँडामा रहेका सरकारी कार्यालय भवनलाई व्यवस्थित गर्न रु ९७ करोड विनियोजन गरेको छ भने सरकारी स्वामित्वमा रहने गरी आमसञ्चारका माध्यम सञ्चालन गर्न रु १० करोड विनियोजन गरेको छ ।

प्रदेशसभाको आजै बसेको दोस्रो बैठकले आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८÷७९ को राजस्व र व्ययको वार्षिक अनुमान मध्यकालीन खर्च संरचनासहितको प्रस्ताव टेबल गरियो । बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७८ पनि टेवल गरियो । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : ५९ बजे

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल

स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशका सभामुख रामअशिष यादवले स्वस्थ समाज निर्माणका लागि

विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा

दोहा – मध्यपूर्व युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सबाट

सुधनलाई देखाउँदै नेताहरूले रविलाई भनेका थिए, ‘भूपदेवलाई महामन्त्रीमा रोकौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले दोस्रो महामन्त्री भूपदेव शाहलाई बनाएको