रोनाल्डोको गोलमा पोर्चुगलको शानदार जित | Khabarhub Khabarhub

रोनाल्डोको गोलमा पोर्चुगलको शानदार जित


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा साविक विजेता पोर्चुगलले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले विजयी शुरुवात गरेको हो ।

पोर्चुगललाई जित दिलाउन कप्तान रोनाल्डोले दुई गोल गरे भने एक गोल  राफायल गुइरेरोले गरे ।

घरेलु टिम हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकिए पनि दोस्रो हाफको अन्तिम १० मिनेट भित्र तीन गोल व्यहोर्यो ।

खेलको ८४औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि ८७औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए ।

हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : १० बजे

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन

भरतपुर अस्पतालको स्वास्थ्य बीमा सेवा ‘प्रणाली’ मा प्राविधिक समस्या

चितवन– स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री