यूएईबाट नेपाल एयरलाइन्सले जुन २३ र ३० मा उडान गर्ने « Khabarhub

यूएईबाट नेपाल एयरलाइन्सले जुन २३ र ३० मा उडान गर्ने


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- यूएईबाट नेपाल एयरलाइन्सले जुन २३ र ३० तारिखमा उडान गर्ने भएको छ ।

कोरोना महामारीको कारण हवाई उडानमा रोकिएपछि यूएईमा रहेका नेपाली श्रमिकहरु समस्या परेकाले उडान गर्न लागिएको जनाएको छ ।

वाइड बडी विमानले जुन २३ र ३० तारिख दुबईदेखि काठमाण्डौको उडान भर्ने तय भएसंगै टिकट बुकिङ पनि खुल्ला गरिएको नेपाल एयरलाइन्स युएईका कन्ट्री म्यानेजर टीकाराम पङ्गेनी जानकारी दिए ।

एकतर्फी उडान भएकाले हवाई भाडादर झन्डै पचास हजार नेपाली रुपैया पर्ने बताईएको छ । त्यहाँबाट नेपाल फर्किने यात्रुहरुले पीसीआर परीक्षण गरि रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र साथमा लिएर जानु पर्नेछ ।

७२ घण्टा अगाडि पीसीआर परीक्षण गरेको रिपोर्ट हुन पर्नेछ । सीसीएमसीको फारम अनिवार्य रुपमा भर्नु पर्नेछ । नेपाल पुगेपछि काठमाडौँमा पाँच दिन होटल क्वारेनटाइ बस्नु पर्नेछ ।

उडान रोकिएपछि खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने तयारीमा रहेका लगायत अन्य विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली बढी समस्यामा रहेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ५९ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक