सिन्धुपाल्चोकमा बाढीपहिरोमा फसेकाको सेनाले थाल्यो हेलिकोप्टरबाटै उद्धार (भिडियोसहित) « Khabarhub

सिन्धुपाल्चोकमा बाढीपहिरोमा फसेकाको सेनाले थाल्यो हेलिकोप्टरबाटै उद्धार (भिडियोसहित)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले फसेकाहरूलाई नेपाली सेनाले हेलिकोप्टरबाटै उद्धार थालेको छ ।

मेलम्चीको बाढीपछि एक होटलको छतमा बसेर ज्यान जोगाएका दुई व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेको छ ।

होटलको तल्लो तल्लाहरु बाढीले डुबाएपछि मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा बसेर ज्यान जोगाएका उनीहरूलाई हेलिकोप्टरमार्फत सेनाले उद्धार गरेको हो ।

हेर्नुहोस् भिडियो

 

मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुको विवरण फरक/फरक आइरहेका छन् ।

सिन्धुपालोच्कबाटै प्रतिनिधिसभामा निर्वाचित स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले ५० जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् । प्रशासनले बेपत्ताहरुको यकिन विववरण प्राप्त भइनसकेको र सूचना संकलन जारी रहेको जनाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उद्धार तथा राहतको काममा हेलिकप्टरमार्फत जनशक्ति परिचालनको भएको प्रजिअ पोखरेलले बताए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस