गाँजासहित वीरगञ्जबाट एक जना पक्राउ « Khabarhub

गाँजासहित वीरगञ्जबाट एक जना पक्राउ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर, मनहरी गाउँपालिका–६ बस्ने ५१ वर्षीय रामकुमार मोक्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार चेक जाँचका क्रममा मंगलबार साँझ वीरगञ्ज–१८ भवानीपुर सडक छेउबाट उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले सडकछेउ रोकिराखेको बागमती प्रदेश–०१–००६ ख १८२८ नम्बरको ट्रकमा खानतलासी गर्दा ४ वटा प्याकेटमा ६५ किलो गाँजा बरामद गरेका छ ।

अहिले यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : ५९ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले