बलिउड अभिनेता चन्द्रशेखरको निधन « Khabarhub

बलिउड अभिनेता चन्द्रशेखरको निधन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– सन् ५० देखि ६० को दशकका प्रख्यात अभिनेता चन्द्रशेखरको ९८ वर्षको उमेरमा मुम्बईको अँधेरीस्थित घरमा निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए ।

उनले ५० को दशकमा कैयौं फिल्ममा नायकका रुपमा अभिनय गरेका थिए । त्यसपछिको दशकमा भने उनी चरित्र अभिनेताका रुपमा फरक पहिचान बनाए । उनको पुरा नाम चन्द्रशेखर वैद्य हो ।

चन्द्रशेखरका नाति विशाल शेखरका अनुसार चन्द्रशेखरलाई तिब्र ज्वरोको कारण मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो ।

‘यस्तो नाजुक अवस्थामा परिवारसँग बस्ने उहाँको अन्तिम इच्छा थियो । त्यहीकारण उहाँलाई अस्पतालबाट घर लगेका थियौं’, विशालले भनेका छन् । चन्द्रशेखरका छोरा अशोकले बुबालाई घरमा पनि अस्पतालकै जस्तो सुविधा दिएको बताए ।

चन्द्रशेखरले ५० को दशकमा जूनियर आर्टिस्टको रुपमा फिल्मी करियर सुरु गरेका थिए । कैयौं फिल्ममा जूनियर आर्टिस्टकै रुपमा काम गरेपछि उनी नायकका रुपमा उदाएका थिए ।

हैदराबादमा जन्मिएका चन्द्रशेखरले सन् १९५३ मा रिलिज फिलम वी शान्तारामको फिल्म ‘सुरंग’मा पहिलोपटक नायकका रुपमा अभिनय गरेका थिए । यसपछि उनले ‘कवि’, ‘मस्ताना’, ‘बरादरी’, ‘काली टोपी लाल रूमाल’, ‘स्ट्रीट सिंगर’ जस्ता फिल्ममा नायकका रुपमा अभिनय गरे ।

नायकका रुपमा काम पाउन छाडेपछि सन् ६० देखि ७० को दशकमा उनले ‘कटी पतंग’, ‘हम तुम और वो’, ‘अजनबी’, ‘महबूबा’, ‘अलग–अलग’, ‘शक्ति’, ‘शराबी’, ‘डिस्को डान्सर’, ‘नमक हलाल’, ‘द बर्निंग ट्रेन’, ‘संसार’, ‘हुकूमत’ जस्ता फिल्ममा चरित्र अभिनेताको रुपमा अभिनय गरे ।

‘गेट वे अफ इण्डिया’, ‘फेशन’, ‘बरसात की रात’, ‘बात एक रात की’, ‘अंगुलीमाल’, ‘रुस्तम–ए–बगदाद’, ‘किंग कङ’ र ‘जहाँ आरा’ जस्ता फिल्ममा उनले निभाएको चरित्र दर्शकमाझ निकै लोकप्रिय बनेको थियो ।

सन् १९९८ मा रिलिज रामानन्द सागरको रामायणमा चन्द्रशेखरले ‘आर्य सुमन्त’को भूमिका निभाएका थिए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ४५ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा