बलिउड अभिनेता चन्द्रशेखरको निधन | Khabarhub Khabarhub

बलिउड अभिनेता चन्द्रशेखरको निधन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– सन् ५० देखि ६० को दशकका प्रख्यात अभिनेता चन्द्रशेखरको ९८ वर्षको उमेरमा मुम्बईको अँधेरीस्थित घरमा निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए ।

उनले ५० को दशकमा कैयौं फिल्ममा नायकका रुपमा अभिनय गरेका थिए । त्यसपछिको दशकमा भने उनी चरित्र अभिनेताका रुपमा फरक पहिचान बनाए । उनको पुरा नाम चन्द्रशेखर वैद्य हो ।

चन्द्रशेखरका नाति विशाल शेखरका अनुसार चन्द्रशेखरलाई तिब्र ज्वरोको कारण मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो ।

‘यस्तो नाजुक अवस्थामा परिवारसँग बस्ने उहाँको अन्तिम इच्छा थियो । त्यहीकारण उहाँलाई अस्पतालबाट घर लगेका थियौं’, विशालले भनेका छन् । चन्द्रशेखरका छोरा अशोकले बुबालाई घरमा पनि अस्पतालकै जस्तो सुविधा दिएको बताए ।

चन्द्रशेखरले ५० को दशकमा जूनियर आर्टिस्टको रुपमा फिल्मी करियर सुरु गरेका थिए । कैयौं फिल्ममा जूनियर आर्टिस्टकै रुपमा काम गरेपछि उनी नायकका रुपमा उदाएका थिए ।

हैदराबादमा जन्मिएका चन्द्रशेखरले सन् १९५३ मा रिलिज फिलम वी शान्तारामको फिल्म ‘सुरंग’मा पहिलोपटक नायकका रुपमा अभिनय गरेका थिए । यसपछि उनले ‘कवि’, ‘मस्ताना’, ‘बरादरी’, ‘काली टोपी लाल रूमाल’, ‘स्ट्रीट सिंगर’ जस्ता फिल्ममा नायकका रुपमा अभिनय गरे ।

नायकका रुपमा काम पाउन छाडेपछि सन् ६० देखि ७० को दशकमा उनले ‘कटी पतंग’, ‘हम तुम और वो’, ‘अजनबी’, ‘महबूबा’, ‘अलग–अलग’, ‘शक्ति’, ‘शराबी’, ‘डिस्को डान्सर’, ‘नमक हलाल’, ‘द बर्निंग ट्रेन’, ‘संसार’, ‘हुकूमत’ जस्ता फिल्ममा चरित्र अभिनेताको रुपमा अभिनय गरे ।

‘गेट वे अफ इण्डिया’, ‘फेशन’, ‘बरसात की रात’, ‘बात एक रात की’, ‘अंगुलीमाल’, ‘रुस्तम–ए–बगदाद’, ‘किंग कङ’ र ‘जहाँ आरा’ जस्ता फिल्ममा उनले निभाएको चरित्र दर्शकमाझ निकै लोकप्रिय बनेको थियो ।

सन् १९९८ मा रिलिज रामानन्द सागरको रामायणमा चन्द्रशेखरले ‘आर्य सुमन्त’को भूमिका निभाएका थिए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ४५ बजे

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

त्रिपोली– पश्चिमी लिबियाको जाविया तटमा  आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए

न्युयोर्क– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

त्रिशूली– स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्जनमा समस्या भएको छ। नुवाकोटको

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट