वर्षासँगैको बाढीले मनाङमा ठूलो क्षति « Khabarhub

वर्षासँगैको बाढीले मनाङमा ठूलो क्षति


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– तीन दिनदेखि निरन्तर पानी परेपछि आएको बाढीले मनाङमा निकै ठूलो क्षति पुर्‍याएको छ।

बाढीले घर, सरकारी कार्यालय, काठेपुल र सडक बगाएको छ। केही गाउँका घर डुबानमा परेका छन् भने लघुविद्युत गृह भत्केको छ।

निकै कम वर्षा हुने हिमालपारिको जिल्लामा यो वर्ष बाढीले ठूलो विनाश गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

लमजुङको सीमा जोडिएको ताल बजार गाउँ मर्स्याङ्दी नदीमा आएको बाढीले कारण डुबान परेको छ। सदरमुकाम चामेबाट विस्थापित भएका ३ सय जनालाई जिल्ला कारागारको नयाँ भवनमा सारिएको छ।

यो वर्ष मनाङमा प्रिमनसुन वर्षाले पनि बाढी आएको थियो। अग्ला हिमालहरुले बादल छेक्दा त्यस क्षेत्रसम्म मनसुनी आद्रता निकै कम मात्रै पुग्ने गर्छ। जसका कारण न्यून वर्षा हुने गर्छ। तर, यसपटक सो क्षेत्रमा अत्यधिक वर्षा भएको छ।

मनाङमा स्वचालित मौसम मापन केन्द्र नभएका कारण तीन दिनमा कति वर्षा भयो भन्ने तथ्यांक विभागले उपलब्ध गराउन सकेको छैन। छिमेकी जिल्ला मुस्ताङको जोमसोममा भने ४५ मिलिमिटर वर्षा मापन गरिएको छ ।

नेपालको सबैभन्दा बढी पानी पर्ने लुम्लेमा २४ घण्टामा १ सय ७८ र पोखरामा १ सय ५६ मिलिमिटर पानी परेको थियो। विभागले यसअघि नै यो वर्ष हिमाली क्षेत्रमा औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दु:ख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई टेलिफोन गरी मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा ताल गाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई बसोवासको प्रबन्ध गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ५५ बजे

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम