अखिलको राहत र उद्धार टोली सिन्धुपाल्चोक प्रस्थान « Khabarhub

अखिलको राहत र उद्धार टोली सिन्धुपाल्चोक प्रस्थान


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोली सिन्धुपाल्चोकको मेलम्चीका बाढी–पहिरो पीडितको उद्धार र राहतका त्यसतर्फ प्रस्थान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव ईश्वर पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई विदाइ गरेका छन् ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन् । राहत तथा उद्धार टोलीले पीडितलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ ।

मङ्गलबार राति अबिरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजार डुबानका कारण सर्वसाधारण विस्थापित भएका छन् ।

महासचिव पोखरेलले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पीडितको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्‍याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गरे ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : २० बजे

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणका लागि आईपीयूमा डाक्टर शाक्यको प्रस्तावना पारित

काठमाडौं, अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२ औं महासभाले ‘पर्वतीय तथा

यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी कारबाहीमा

काठमाडौँ- काठमाडौँको थली (मूलपानी क्रिकेट ग्राउण्ड) नजिक आज गरिएको विशेष

एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता

काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध