बाढी प्रभावितहरुको उद्धारमा जुट्न कार्यकर्तालाई नेता नेपालको निर्देशन « Khabarhub

बाढी प्रभावितहरुको उद्धारमा जुट्न कार्यकर्तालाई नेता नेपालको निर्देशन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्।

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो क्षति भएपछि उनले तत्काल राहत तथा उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाढी पहिरोबाट प्रभावित स्थानहरूमा तत्काल उद्दार कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु ।’

उनले प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता कपडा एवम् स्वास्थ्य सामग्री सहितको व्यवस्थाका लागि सरकार एवम् परोपकारी संस्थाहरूको ध्यानाकर्षण समेत गराएका छन्। उनले बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : १९ बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ