रेडक्रसद्वारा पाँच सय परिवारका लागि राहत भण्डारण « Khabarhub

रेडक्रसद्वारा पाँच सय परिवारका लागि राहत भण्डारण


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा कुनै पनि बेला बाढी आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बललाई तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा राखिएको छ । नेपाल रेडक्रस सोसाइटीले बाढीबाट प्रभावित हुने कम्तीमा ५०० परिवारलाई पुग्ने राहत सामग्री भण्डारण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आग्रह बमोजिम रेडक्रस शाखाले मनसुनी वर्षाका कारण कुनै पनि बेला बाढीको जोखिममा पर्न सक्ने परिवारलाई आवश्यक भाडाकुँडा, बाल्टी, कपडा, त्रिपाल, औषधिलगायत अन्य सामग्रीको भण्डारण गरिसकेको जनाएको छ ।

रेडक्रस शाखाका सभापति लोकराज ढकालले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७८ का लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम सो सामग्री तयार गरिएको बताए । उनले जिल्लामा विगतदेखि नै बाढी तथा डुबानबाट बढी प्रभावित हुँदै आएका झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र शिवसतासी नगरपालिकामा प्रभावित परिवारका लागि सुरक्षित स्थानको पहिचान समेत गरिसकेको बताए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमार्फत बाढी, पहिरो तथा डुबानबाट प्रभावित व्यक्तिहरुको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायलाई तत्काल परिचालित हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए ।

वर्षात्का कारण राजमार्ग तथा भित्री सडकहरुमा हुनसक्ने अवरोध तत्काल हटाउन डिभिजन सडक कार्यालय दमकलाई विर्तामोड, दमक र काँकरभिट्टामा एक्जाभेटर तयारीमा अवस्थामा राख्न समितिले निर्देशन दिइएको उनले जानकारी दिए ।

बाढी आएका बेला खोलाहरुमा पौडी खेल्न, माछा मार्न र काठदाउरा संकलन गर्न समितिले निषेध गरेको छ । वर्षायाममा जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईले ८७५ घरधुरीका सात हजार १३५ जनसंख्यालाई बाढीबाट प्रभावित तुल्याउने पूर्वानुमान छ । नदी नियन्त्रणको कार्य नगरिएमा कनकाईको आउँदो बाढीले तीन हजार ५०० बिगाहा जग्गा कटान तथा डुबान गर्ने रेडक्रस झापाले पूर्वानुमान गरेको छ ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले आफ्नो क्षेत्रमा बाढीको समस्या विकराल अवस्थामा रहेको र स्थानीय स्रोत साधनले मात्र नियन्त्रणको प्रयास सम्भव नहुने बताए । उनका अनुसार पालिकाले दुई वर्ष अघि नै डुबानमा परेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गर्नका लागि रु. आठ लाखको लागतमा रबरको डुङ्गा खरिद गरेको छ भने पर्याप्त मात्र लाइफ ज्याकेट, रबरका ट्यूबहरुको समेत व्यवस्था गरिएको छ । उनले गाउँपालिकाको १, २, ३ र ७ नम्बर वडाका ६६७ घरपरिवार उच्च जोखिममा रहेको जानकारी दिए ।

मध्य झापाको कनकाई नदीले शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका र झापा गाउँपालिकामा पुर्याउने क्षति सबैभन्दा बढी छ । –रासस

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ३० बजे

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा