सिन्धुपाल्चोक बाढी पहिरो : कहाँ कति क्षति (भिडियोसहित) « Khabarhub

सिन्धुपाल्चोक बाढी पहिरो : कहाँ कति क्षति (भिडियोसहित)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा आएको बाढीमा परी एक जनाको ज्यान गएको छ भने २० जनाभन्दा बढी बेपत्ता भएका छन् । बाढीमा परी ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निर‍ीक्षक सञ्जिव योन्जनका अनुसार बुधबार दिनभरमा ७४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ ।

घाइते भएका ५ जना मध्ये ४ जनाको अस्पालमा उपचार भइरहेको उनले बताए । एक जनाको धुलिखेल अस्पताल र ३ जनाको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

बाढी पहिरोमा परी २० जना सम्पर्कबिहीन भएको जानकारी प्राप्त भएको निरीक्षक योन्जनले खबरहबलाई बताए ।

उनका अनुसार बाढी पहिरोका कारण हालसम्म चार पक्की पुल र पाँचवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै नदी आसपासमा रहेका सात वटा माछा फार्म बगेका छन् ।

बाढी पहिरोले कति घरमा क्षति पुग्यो भन्ने यकिन तथ्यांक भने आइ नसकेको निरीक्षक योन्जनले बताए ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने १६ जना बेपत्ता भएको पुष्टि गरे । सम्पर्कमा नआएका अन्यबारे जानकारी लिने काम भइरहेको उनले बताए ।

जिल्लामा राहत व्यवस्थापन र उद्धारका लागि नेपाली सेनाको तीन वटा हेलिकोप्टर परिचालन गरिएको छ । गृह मन्त्रालयबाट खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ ।

यस्तै, मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुगेको छ । के कति क्षति पुगेको भन्नेबारे विवरण आइनसकेको आयोजनाले जनाएको छ ।

हेर्नुहोस् हेलिकोप्टरबाट खिचिएको भिडियो

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : २१ बजे

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम