बाढीपहिरोमा परेर ६ जनाको मृत्यु, २७ बेपत्ता « Khabarhub

बाढीपहिरोमा परेर ६ जनाको मृत्यु, २७ बेपत्ता


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातारको वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा दुई जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा १-१ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो ।

यसैगरी २७ जना बेपत्ता र ११ जना घाइते भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरामा बाढी-पहिरोका घटना भएका हुन् ।

मंगलबार मेलम्ची खोलामा आएको बाढीबाट बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको र १६ जना अझै बेपत्ता रहेका छन् ।

मेलम्चीको बाढीमा हालसम्म १६ घर, दुई वटा मोटरपुल र ६ वटा झोलुंगे पुल पूर्ण रूपमा क्षतिग्रस्त छन् । बाढीले बाजुरामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना अझै बेपत्ता छन् ।

त्यहाँ दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । गोरखामा बाढीमा बगेर एकजना बेपत्ता भएका छन् भने चार घर बगाएको छ ।

मनाङमा बाढीले ५३ घर बगाएको छ भने २६ वटा घरमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै पाल्पामा अविरल वर्षासँगैको पहिरोको कारण एकजनाको ज्यान गएको र स्याङ्जामा एकजना घाइते भएको तथ्यांक छ ।

लमजुङमा बाढीले १० वटा घर बगाएको छ भने ३९ वटा घरमा क्षति पुर्‍याएको छ । डोटीमा पहिरोमा परी एकजनाको ज्यान गएको छ ।

जाजरकोटमा अविरल वर्षापछि बाढीमा परी सात जना बेपत्ता भएका छन् । अर्घाखाँचीमा बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् भने १२ घर पनि बगाएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ५४ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा