ज्ञानेन्द्र शाहीको धम्कीप्रति पत्रकार महासंघको आपत्ति « Khabarhub

ज्ञानेन्द्र शाहीको धम्कीप्रति पत्रकार महासंघको आपत्ति


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघले आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले पत्रकारहरुलाई धम्की दिएकोप्रति आपत्ति जनाएको छ।

समाचार प्रसारण भएको विषयमा जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई ज्ञानेन्द्र शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गरी धम्की दिएको घटनामा महासंघले ध्यानाकर्षण भएको जनाएको हो।

केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको घटनाका विषमाय प्रसारित सामग्रीलाई लिएर शाहीले पत्रकारलाई धम्की दिएका थिए।

महासंघ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : २४ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी