युरोकपमा आज पनि तीन खेल, क-कसको भिडन्त ?   « Khabarhub

युरोकपमा आज पनि तीन खेल, क-कसको भिडन्त ?  


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोप फुटबलमा आज पनि तीन खेल हुँदैछन् ।

समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।

आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६:४५ बजे सुरु हुनेछ । युक्रेन र म्यासेडोनिया दुबै टोली पहिलो जित निकाल्ने योजनामा छन् । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ गोले पराजित भएको थियो भने  नर्थ म्यासेडोनिया अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो ।

आजै हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे हुनेछ । बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा डेनमार्क पहिलो जित खोजीमा हुनेछ ।

पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो भने डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो ।

आजको तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेका दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स र अष्ट्रिया दुबै लगातार दोस्रो जित निकाल्ने योजनामा छन् । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो ।

पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : २० बजे

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

रामेछाप – रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०