रातभर खोलामा फसेकाहरुलाई डोजरबाट यसरी गरियो उद्धार « Khabarhub

रातभर खोलामा फसेकाहरुलाई डोजरबाट यसरी गरियो उद्धार


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- रोपाइँ गरेर घर फर्कने क्रममा लमजुङको मध्यनेपाल नगरपालिकास्थित खोलामा आएको बाढीमा फसेकाहरुलाई डोजरको सहायताले स–कुशल उद्धार गरिएको छ ।

नगरपालिककाका मेयर रमेश पाण्डेका अनुसार बाढीका कारण रातभर खोलामै फसेका मध्यनेपाल नगरपालिका–७ रातमाटाका ९ जना स्थानीयलाई स–कुशल उद्धार गरिएको हो ।

मंगलबार रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि रातभर खोलाको बीचमै रोकिएकका थिए । मेयर पाण्डेका अनुसार उनीहरुलाई बुधबार बिहान खोलामा डोजर लगाएर पानी कटाई त्यही डोजरको बकेटमा राखेर उद्धार गरिएको हो ।

खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान सकेको थिएन ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ८ : ३५ बजे

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय