समयमै सुरुङ बन्द गर्दा दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना « Khabarhub

समयमै सुरुङ बन्द गर्दा दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना

८ जना कामदार अझै बेपत्ता


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेलम्ची आयोजनाले सुरुङभित्र प्राविधिक परीक्षणका लागि लागि मंगलबार बिहान ११ बजे सुरुङको गेट बन्द गर्‍यो ।

त्यससँगै सुन्दरीजलबाट पानी खाली गर्ने काम शुरु गर्‍यो ।

साँझतिर मेलम्ची खोलाको मुहान भेगमा ठूलो पहिरो गयो र केही बेर खोला थुनिन पुग्यो ।

आयोजना क्षेत्र बाढी पस्यो र मानवीय, पूर्वाधार एवम् धनजनको क्षति समेत हुन पुग्यो ।

प्रकोपले आयोजनाको क्याम्पहरु, उपकरण, निर्माण सामग्री, पहुँच सडक तथा पुलहरु बगाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिले बुधवार साँझ विज्ञप्ति जारी गर्दै आयोजनाको मुख्य सुरुङ यथास्थितिमा रहेकाले मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति भने नभएको बताएको छ ।

समितिका प्रवक्ता राजेन्द्र पन्तकाअनुसार हेडबक्स नजिकै क्याम्प साईट बाढीले बगाएपछि रातिदेखि नै प्रहरी प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको खोजी समेत भइरहेको छ ।

बुधवार बिहान हेल्किप्टरमार्फत उद्धार गरिएका ७६ जनाको काठमाडौँ र धुलिखेलमा उपचार भइरहेको छ ।

‘आयोजनासँग सम्बन्धित ८ जना (३ चिनियाँ, ३ भारतीय, र २ जना नेपाली) नागरिक अझैं पनि सम्पर्कविहीन अवस्थामा छन्’ उनले भने, ‘उनीहरुको खोजी जारी छ ।’

उनकाअनुसार सो क्षेत्रमा पानीको सतह बढिरहेको छ । बाढीसँगै आएको लेदोले पुरै जमिन छोपेको छ ।

‘पानीको सतह कम भएपछि वास्तविक क्षति कति भएको छ भन्ने विवरण निकाल्नेछौं’ उनले भने ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १२ : ४५ बजे

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री