बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न मनाङ पुगे गण्डकीका मुख्यमन्त्री  | Khabarhub Khabarhub

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न मनाङ पुगे गण्डकीका मुख्यमन्त्री 


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न आज मनाङ पुगेका छन् ।

मनाङका विभिन्न ठाउँमा बाढीपहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न मुख्यमन्त्रीसहितको टोली हेलिकोप्टरबाट मनाङ् गएको हो । प्रदेश सरकारका प्रवक्ता खड्कासहित मुख्यमन्त्री पोखरेल मनाङ पुगेका छन् ।

बाढीपहिरोले गण्डकी प्रदेशको मनाङ्मा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । बाढीपहिरोले मनाङ जिल्लाको चामे, नासो र ङिस्याङ गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीपहिरोका कारण जिल्लाका तीन स्थानीय तहका २ सय घरका एक हजार भन्दा बढी नागरिक विस्थापित भएका छन् । बाढीले अस्थायी प्रहरी चौकीसहित सरकारी कार्यालयहरु र बैंक रहेको भवनहरुसमेत बगाएको छ ।

मनाङ पुगेर मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेसँग छलफल गरी बाढीपहिरो प्रभावित क्षेत्र पुगेका छन् ।

यसैबीच, गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा आज बिहान बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले ५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो ।

साथै बैठकले मुख्यमन्त्री पोखरेलले सुरक्षा निकायलाई उद्धार तथा सहयोगमा जुट्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ६ : ०२ बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा