युरोकप : आज तीन खेल हुँदै « Khabarhub

युरोकप : आज तीन खेल हुँदै


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्वीडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे शुरु हुनेछ ।

आज स्लोभाकिया लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ गोल अन्तरले हराएको थियो । स्लोभाकिया समूहको शीर्ष स्थानमा छ ।

स्विडेन भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा छ ।

दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे शुरु हुनेछ ।

समूह ‘डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १-० गोल अन्तरले पराजित भएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा छ ।

चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले हराएको थियो । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।

आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे शुरु हुनेछ ।

समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो ।

स्कटल्याण्ड भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग स्तब्ध भएको थियो । अंक विहीन स्कटल्याण्ड पुछारमा छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : २६ बजे

टाटामोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आजदेखि

काठमाडौं – टाटामोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रान्ड

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

गलकोट– कुनै समय एक सामुदायिक होटलका भरमा चलेको ढोरपाटनको पर्यटन

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर– जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब

जेन-जीको बहिष्कारपछि सरकारले भन्यो : विगतका सहमति कार्यान्वयन हुँदैछन्

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी