पेरुविरुद्ध ब्राजिलको सानदार जित | Khabarhub Khabarhub

पेरुविरुद्ध ब्राजिलको सानदार जित


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ।

आज बिहान सकिएको खेलमा आयोजक ब्राजिलले पेरुमाथि ४-० गोलको सानदान जित हात पार्‍यो । ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक-एक गोल गरे।

खेलको १२ मिनेटमा ब्राजिलले अग्रता लिएको थियो। ब्राजिलका लागि एलेक्स सान्द्रोले पहिलो गोल गरे। सान्द्रोले गाब्रियल जेससले उपलब्ध गराएको पासमा गोल गरे।

लगत्तै फाबिन्होले पाएको अवसर खेर फालेका थिए। खेलको ६३ मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेका थिए। पेरुका तापइले नेइमारलाई लगाएपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो।

तर रेफ्रीले सहायक रेफ्रीसँग छलफल गरेपछि भिएआरको सहायता लिने निर्णय गरे। भिएआरमार्फत पेनाल्टीको निर्णय उल्टाइएको थियो।

६८ मिनेटमा ब्रालिलले अग्रता दोब्बर पारे। नेइमारले डिबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए।

फ्रेडले उपलब्ध गराएको पासमा नेइमारले २० यार्ड टाढाबाट आकर्षक गोल गरे। ७३ मिनेटमा नेइमारको प्रहारलाई पेरुका गोलकिपरले विफल पारेका थिए। ८५ मिनेटमा नेइमारको अर्को प्रहारमा फेरि पेरुका गोलकिपर बाधक बने।

खेलको ८९ मिनेटमा ब्राजिलले तेस्रो गोल गरे। रिचार्लीसनको पासमा एभर्टन रिबेइरोले गोल गरे। उनले ब्राजिलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रिचार्लीसनले ब्राजिलका लागि चौथो गोल गरे। फिर्मिनोको प्रहारलाई पेरुका गोलकिपरले फर्काएका थिए। रिबाउन्डमा रिचार्लीसनले गोल गरे।

समूह ‘बी’ मा लगातार दोस्रो खेलमा जित हात पारेसँगै ब्राजिलले ६ अंक जोडेको छ। दोस्रो स्थानको कोलम्बियाको ४ अंक छ।

शुक्रबारकै अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेले। यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलले हराएको थियो।

अब ब्राजिलले समूहको तेस्रो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : ५८ बजे

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

कञ्चनपुर– जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन्

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा

भेटिन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

गुलरिया– मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको

बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ