आज पनि प्रदेश १, बागमती र सुदुरपश्चिममा भारी वर्षाको सम्भावना « Khabarhub

आज पनि प्रदेश १, बागमती र सुदुरपश्चिममा भारी वर्षाको सम्भावना


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज पनि देशका विभिन्न नदीहरुमा बाढीको जोखिम रहेकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

मनसुन शुरु भएदेखि लगातार वर्षा भईरहेकोले मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमासमेत पानीको बहाव बढिरहेको छ ।

पहाडका नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीहरुमा बहाव बढ्दो क्रममा रहेको छ ।

यसैगरी कन्काई, कमला, बागमती, बबई र यसका सहायक नदीमहरुमा पनि बहाव बढ्नेछ ।

बाढी पूर्वानुमान महाशाखाले नदी तटिय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ ।

No description available.

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार नदीमा पानीको बहाब बढ्दो क्रममा रहेपनि सर्तकता तह भन्दा तलै रहने जनाएको छ ।

महाशाखाले कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली जस्ता ठूला नदीहरु र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेपनि सबैमा सर्तकता तह भन्दा तलै रहने जनाएको छ ।

महाशाखाका अनुसार आज कर्णाली, महाकाली र यसका सहयक नदीमा बहाब सामान्य घटबढ हुने देखिन्छ ।

त्यस्तै कोशी जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र सहायक नदीहरुमा आकस्मिक बहाब सतर्कता तह आसपास पुग्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

कन्काई,कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वाअनुमान रहेको पनि महाशाखाले जनाएको छ ।

प्रदेश १ को इलाम, झापा,मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा जिल्ला आसपास भई बग्ने खोला तथा नदीहरुमा आकस्मिक बहाब बढ्न सक्ने भएकाले सजग हुन पुर्वाअनुमान महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै प्रदेश २ का सप्तरी,सिराहा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, चितवन, र मकवानपुर गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, लुवम्बनी प्रदेशको पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, पूर्वी रुकुम, कणााली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जारजरकोट, कालिकोट, हुम्ला, र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बार, बझाङ, दाचुार्लाका जिल्ला भई बहने नदी तथा खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने भएकाले सतर्क रहन पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ४५ बजे

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको