पहिलोपटक बायोपिकमा सलमान खान « Khabarhub

पहिलोपटक बायोपिकमा सलमान खान


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता सलमान खानले आफ्नो ३२ वर्षे फिल्मी करियरमा कमेडी, ड्रामादेखि लिएर एक्सन र रोमान्टिक फिल्ममा काम गरे । फिल्मी यात्राको यी फ्लेभरलाई थाँती राख्दै उनी पहिलोपटक बायोपिक फिल्ममा देखिदैछन् ।

सलमान निर्देशक राजकुमार गुप्ताको नयाँ फिल्ममा ‘ब्ल्याक टाइगर’का रुपमा चर्चित भारतीय जासूस रवीन्द्र कौशिकको भूमिकामा अभिनय गर्दैछन् ।

एक्सन थ्रिलरको यो फिल्मलाई भारतीय इतिहासको अविश्वसनीय सत्य कथा भनिएको छ । साजिद नाडियाडवालाको फिल्ममा काम पुरा गरेपछि सलमान यो फिल्ममा व्यस्त हुनेछन् ।

रवीन्द्रलाई भारतमा हालसम्मकै राम्रो जासूसका रुपमा चिनिन्छ । राजकुमार विगत पाँच वर्षयता रवीन्द्रको बारेमा अध्ययन गरिरहेका छन् । त्यही अन्तरालमा उनले फिल्मको पटकथा तयार पारेका छन् ।

पटकथाले रवीन्द्रको उपलब्धिहरु र विरासतलाई न्याय गर्नेमा राजकुमार ढुक्क छन् । उनले सलमानलाई पटकथा सुनाउदा सलमान सैद्धान्तिक रुपले फिल्म गर्न सहमत भइसकेका छन् ।

निर्माताहरु अहिले फिल्मको नामको विषयमा छलफल गरिरहेका छन् । राजकुमारको टिमले रवीन्द्रको ७० देखि ८० को दशकको समयलाई पर्दामा ल्याउनका लागि अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : ०५ बजे

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले