बाढी पहिरोमा परेका ३ जनाको मृत्यु « Khabarhub

बाढी पहिरोमा परेका ३ जनाको मृत्यु


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ भने सल्यान, दैलेख, हुम्ला, सुर्खेत, तनहुँ, पाल्पा, स्याङजा र गोरखाका विभिन्न स्थानमा सडक अवरोध तथा विभिन्न धनमाल क्षति भएको छ ।

कालिकोटको खाडाचक्र नगरपालिका-६ मोल्फास्थित कर्णाली राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सोही नगरपालिका-६ बस्ने ५४ वर्षीय बले बिकको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

डोटीको सिलगढी नगरपालिका-५ जडिङ्गे बागमारे मोडस्थित सडकमा बिहीबार दिउँसो पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने बस्ने सुरेन्द्र भण्डारीको छोरा ७ वर्षीय बिनोद भण्डारी र सोही नगरपालिका-७ रातुली घर भई मामा घर आएकी नवराज बिष्टकी छोरी १० वर्षीया डेनिशा बिष्ट रहेका छन् । सुरेन्द्रको दुई वटा घर भएकोमा एक घरबाट अर्को घर जाने क्रममा पहिरो जाँदा उक्त पहिरोमा पुरिएर दुवै जनाको मृत्यु भएको हो ।

सल्यानको कालिमाटी गाउँपालिका-४ घुरचौरस्थित माइतीघर आउँदै गरेकी बाँके कोहलपुर नगरपालिका-१६ बस्ने ३० वर्षीया कौशिला खड्का सल्यान टट्लीस्थित सडकमा बिहीबार साँझ पहिरोमा च्यापिएर घाइते भएकी छन् । उक्त स्थानमा रुख सहितको खसेको पहिरोमा खड्का च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खड्काको उद्दार गरी उपचारका लागि नेपालगंजतर्फ पठाएको छ । साथै उक्त पहिरोले कालिमाटी-बोटेचौर सुर्खेत जाने सडक पूर्णरुपमा अबरोध भएकोले खुलाउने पहल भइरहेको छ ।

दैलेखको आठबिस नगरपालिका-५ घट्टेखोलास्थित कर्णाली राजमार्गमा बिहीबार दिउँसो ढुंगा सहित पहिरो खस्दा सडक अवरोध भएको छ ।

यसैगरी दैलेख, आठबिस नगरपालिका-१ रामाघाटस्थित कर्णाली नदीको बहाब बिहीबार राति बढ्दा जोखिम रहेको ४५ घरधुरीका २ सय जनालाई प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरी र स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ ।

हुम्लाको सिमकोट गाउँपालिका-१ ठेहेस्थित दोजाम जाने गोरेटो सडकमा बिहीबार साँझ पहिरो जाँदा ठेहे सिमकोट सडक खण्ड पूर्णरुपमा अवरोध भएको छ । साथै सोही ठाउँस्थित रलिङ खोलामा पानीको बहाव बढेकोमा माथिल्लो ग्याग्रुगाउँमा बस्ने ९ घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी हुम्ला, नाम्खा गाउँपालिका-१ स्थित ताग्रुखोलामा बिहीबार दिउँसो आएको बाढीले फलामको ट्रसब्रिज पुल बगाउँदा सिमकोट-हिल्सा जोड्ने सडक पूर्णरुपमा अवरोध भएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-१ र २ को सिमाना पर्ने गोचे खोलामा बिहीबार राति आएको बाढीले सुर्खेत-दाङ सडक खण्ड अवरोध भएको छ । साथै उक्त बाढीले जोखिम रहेका सोही नगरपालिका-१ बस्ने राम बहादुर डाँगीको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ स्थित सर्देवा खोलाको किनारमा राखिएको सिजी कम्पनीको सामानहरु बाढीले बिहीबार साँझ बगाएको छ । क्षतिको विवरण खुल्न सकेको छैन् ।

गोरखाको धार्चे गाउँपालिका-१ यरुबगरस्थित बुढीगण्डकी नदीमा बिहीबार राति आएको बाढीले सोही ठाउँ बस्ने गोपाल घलेको घर र सोही ठाउँ बस्ने राज कुमार ढकालको घर, ६ वटा बाख्रा सहित खोर बगाएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जगतबाट खटिएको प्रहरीले दुबै घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेको छ ।

तनहुँको भानु नगरपालिका-११ मानेचौका बस्ने सुरेश ढुङगानाको घरको गाह्रो अबिरल बर्षाको कारण बिहीबार दिउँसो भत्किदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्याङजाको गल्याङ नगरपालिका-८ करादीस्थित सिद्वार्थ राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्व भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ साथै तत्काल खटिएको प्रहरीले एकतर्फी सडक सुचारू गरेको छ ।

ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य सुरक्षा निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : ५५ बजे

हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ : प्रधानमन्त्री नेतन्याहू

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित

झापामा बालेन भन्दैछन् : विदेशी चलखेलले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकिनँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउने भन्दै

प्रतिनिधिसभा निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त

महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफा गर्न थाले सफाइकर्मी

काठमाडौं– महाशिवरात्रीको अवसरमा पशुपति नाथ क्षेत्रमा थुप्रिएको फोहोरमैला क्रिएसनद्धारा परिचालन गरिएका

आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

भक्तपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा