बाढीपहिरोले पाँच दिनमा १५ जनाको मृत्यु, ३० बेपत्ता | Khabarhub Khabarhub

बाढीपहिरोले पाँच दिनमा १५ जनाको मृत्यु, ३० बेपत्ता


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढी पहिरोमा परी पाँच दिनमा १५ जनाले ज्यान गुमाएका छन् । ३० जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार बाढीपहिरोबाट ११ जना घाइते भएका छन् । १३२ घरमा पूर्ण क्षति पुगेको छ ।

उनले भने, ‘अहिले पनि हामी तथ्यांक संकलन गरिरहेका छौँ, बाढीका कारण कति धनको क्षति पुग्यो भन्ने तथ्यांक आइसकेको छैन् ।’ यो तथ्यांक गत जेठ ३१ गतेदेखि असार ४ गते बिहान ८ बजेसम्मको हो ।

लगातरको वर्षाले सिन्धुपाल्चोक, मनाङ, कास्की, पर्वत, चितवन लगायतका जिल्लामा धेरै क्षति भएको छ ।

चपेटामा तीन जिल्ला

लगातार तीन दिनसम्मको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक, मनाङ र पर्वतमा भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी ३ जनाले ज्यान गुमाएका छन् । २० जना सम्पर्क बिहीन भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

ज्यान गुमाउनेमा दुई चिनियाँ र १ जना भारतीय नागरिक रहेको उनले बताए । बाढीमा परी घाइते भएका २ जनाको उपचारपछि सुरक्षित स्थानमा पठाइएको खनालले बताए ।

बाढीले १० झोलुङ्गे पुल, ६ पक्की पुर र ७ ट्राउड माछा फार्ममा क्षति पुर्‍याएको खनालले बताए । बाढीपहिरोमा फसेका ८४ जनालाई सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।

क्षतिको विवरण संकलनको काम जारी रहेको भन्दै उनले भने, ‘बाढीले कति घर र कति जनधनको क्षति पुर्याएको छ भन्ने एकिन तथ्यांक नआइसेकाले अहिले नै भन्न सक्ने अवस्था छैन ।’ बिहीबारबाट पानी केही कम हुँदै गएकाले अब सहज हुने अपेक्षा गरेको उनले बताए ।

त्यस्तै पर्वतमा बाढीले भौतिक संरचनाहरुको क्षति पुर्‍याएको छ । बाढीले ६१ घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन ।
उनका अनुसार बाढीपहिरोबाट ६१ घरका २७२ जना प्रभावित भएका छन् । अहिलेसम्म मानवीय क्षति नभएको उनले बताइन ।

अहिले नदीहरुमा पानीको बहाब कम भएकाले केही सहज भएको पनि उनको भनाइ छ । प्रभावित परिवारहरुलाई अस्थायी बासस्थान गराएर आवश्यक खाद्यान्न सामग्री र लत्ता कपडा दिने काम चलिरहेको पनि उनले बताइन् ।

त्यस्तै मनाङमा बाढीपहिरोका कारण ५३ घरमा पूर्ण क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी सारदा चालिसेले बताइन् । पाँच पुल, पाँच सरकारी भवनमा पूर्ण क्षति पुगेको उनले बताइन ।

उनका अनुसार बाढीको जोखिममा रहेको बस्तीका ७० जनालाई स्थान्तरण गरेर चामे ल्याइएको छ भने बाढीमा फसेका ११ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ । हालसम्म मानवीय क्षति नभएको उनले बताइन ।

बाढी पीडितलाई राहत प्याकेज

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार तत्काल राहत स्वरुप नेपाल सरकारले तोकेको मापदण्डमा रहेर जिल्ला विपद व्यवस्थापन समितिबाट पीडितलाई १५ देखि २० हजार रुपैयाँसम्म नगद उपलब्ध गराइने छ ।

बाढी पहिरोमा परी घरबारबिहीन भएकालाई प्राधिकरणले पुनर्निर्माणका लागि अनुदान रकम उपलव्ध गराउने व्यवस्था पनि रहेको उनले बताए ।

उनले भने, ‘पुनर्निर्माण सम्पन्न नहुँदासम्म अस्थायी आवास निर्माणका लागि प्राधिरकणले २ चरणमा २५ हजारका दरले ५० हजार रुपैयाँ उपलब्ध गराउँछ ।’

यो अनुदानको कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सञ्चालन हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  २ : १० बजे

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली