बाढीपीडित परिवारलाई निगमद्वारा राहत प्रदान « Khabarhub

बाढीपीडित परिवारलाई निगमद्वारा राहत प्रदान


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।

निगमले बाढीबाट प्रभावित मेलम्ची र हेलम्बुका ३० परिवारलाई राहतस्वरुप एक–एक थान ग्यास सिलिण्डर र चुलो प्रदान गरेको हो । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा राहतस्वरुप उक्त सहयोग गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराईसहित निगमका पदाधिकारीले बाढीबाट प्रभावित परिवारलाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : ५७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज