रियलमीले बजारमा ल्यायो फ्लाग सिपकिलर रियलमी जीटी « Khabarhub

रियलमीले बजारमा ल्यायो फ्लाग सिपकिलर रियलमी जीटी


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा ‘फ्लागशिप किलर रियलमी जीटी’ सार्वजनिक गरेको छ ।

रियलमी जीटी हाल पोल्याण्ड, स्पेन, रसिया र थाइल्याण्ड लगायतका बजारमा उपलब्ध भइसकेकाले चाँडै विश्वभरका बजारमा पुग्ने कम्पनीले जनाएको छ ।

जीटी सिरिज र पहिलो क्वालकम स्न्याप ड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूतिहरु प्रदान गर्ने कम्पनीको दावी छ । फ्लागशिप उत्पादनका साथै मध्यम देखि उच्च सेग्मेन्टको यस ब्रान्डमा मुख्य गरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन जस्ता विशेषताहरु भएको कम्पनीको दावी छ ।

कम्पनीका सीईओ स्काई लीले विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लागशिप किलर ल्याउन पाउँदा खुसी लागेको बताए । उनले उपभोक्ताका लागि अधिकतम फ्लागशिप सुविधा प्रदान गरेर विश्वव्यापी रुपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच प&yen;याई दैनिक जीवन सशक्तिकरण गर्ने कम्पनीको लक्ष्य रहेको बताए ।

यसको डिजाइन ग्रान्ड टुर्स (जीटी)स्पोर्ट कारमा आधारित छ । जसले उच्च गति, लामो दूरी लगायतका प्रदर्शनीका लागि उत्कृष्ट मानिन्छ । रियलमीको जीटी सिरिजको यस फोनमा पछाडि थ्रीडी लाइट प्रतिविम्व गर्ने आकृतिका साथ ग्लास कभरको डिजाइनर फोनको लम्बाइमा भेगान–लदर संस्करणको खोल छ । नीलो र चाँदी रंगको गरी ग्लास भर्जन दुई कलरमा आएको छ । फोनको पछाडि सुटिङ एरो प्याटर्न देख्न सकिन्छ ।

रियलमी जीटी क्वालकम स्न्याप ड्रागन ८८८ रहेको छ । यो परिस्कृत चिप हो । जसमा उच्चस्तरीय युएफएस ३.१ स्टोरेज रहेको छ । जसले

यसमा ४५ सय एमएएच् ब्याट्री र ६५ वाट सुपरडर्ट चार्जिङ सपोर्टर रहेको छ जसले फोनलाई केवल ३५ मिनेटमा पूर्ण चार्ज गर्न सहयोग गर्छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ५ : ५५ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का