मेगा बैंकका ग्राहकहरुले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने | Khabarhub Khabarhub

मेगा बैंकका ग्राहकहरुले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।

कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो ।

सम्झौताअनुसार, मेगा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामान खरिदमा १५ प्रतिशतसम्म अथवा बढीमा ५ सयसम्म छुट पाउने छन् । डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो ।

बैंकको अनुसार दराज डटकमको बेवसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : ०५ बजे

ललितपुरमा मनाइयो इन्द्रजात्रा

ललितपुर – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

कैलाली – भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा

नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौं – नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित

आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भट्टराई, महासचिवमा बस्नेत

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका