मेगा बैंकले ल्यायो फोनबाटै २ लाख रुपैयाँसम्मको कर्जा सुविधा | Khabarhub Khabarhub

मेगा बैंकले ल्यायो फोनबाटै २ लाख रुपैयाँसम्मको कर्जा सुविधा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपालले फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।

आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले सो सुविधा ल्याएको हो। कर्जा सुविधाका लागि बैंकले एफ वन सफ्ट इन्टरनेसनलसँग सहकार्य गरेको छ।

यस सुविधामार्फत बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ झिक्न सक्नेछन्।

बिना धितो बैंकमा उपस्थित नभई तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले छिटो र सहज हुने बैंकका डिजिटल तथा इ–बैंकिङ प्रमुख विश्व सिंहले बताए।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा कर्जा रकम जम्मा गरिनेछ।

कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ०९ बजे

साउथ हिरो विजयको ‘अन्तिम’ फिल्म ‘जन नायकन’को टिजर सार्वजनिक

काठमाडौं – दक्षिण भारतीय नायक विजय थलापति आफ्नो अन्तिम फिल्म

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स