मेगा बैंकले ल्यायो फोनबाटै २ लाख रुपैयाँसम्मको कर्जा सुविधा « Khabarhub

मेगा बैंकले ल्यायो फोनबाटै २ लाख रुपैयाँसम्मको कर्जा सुविधा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपालले फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।

आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले सो सुविधा ल्याएको हो। कर्जा सुविधाका लागि बैंकले एफ वन सफ्ट इन्टरनेसनलसँग सहकार्य गरेको छ।

यस सुविधामार्फत बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ झिक्न सक्नेछन्।

बिना धितो बैंकमा उपस्थित नभई तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले छिटो र सहज हुने बैंकका डिजिटल तथा इ–बैंकिङ प्रमुख विश्व सिंहले बताए।

मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा कर्जा रकम जम्मा गरिनेछ।

कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ०९ बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण