सातै प्रदेशको सन्तुलित विकास हुने गरी बजेट ल्याउन कांग्रेसको माग | Khabarhub Khabarhub

सातै प्रदेशको सन्तुलित विकास हुने गरी बजेट ल्याउन कांग्रेसको माग


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशको सन्तुलित विकासलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

संघीय संसदको अर्थ समितिमार्फत कांग्रेसले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराएको हो ।

नेपाली काँग्रेसका नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट नल्याए त्यसले असन्तुष्टि जन्माउने र त्यो विद्रोहको रुपमा परिणत हुने बताए ।

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले पहुँच र प्रभावको आधारमा नभइ जनताको आवश्यकताको आधारमा प्रतिनिधिसभाको सबै निर्वाचन क्षेत्रमा पनि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे ।

कांग्रेस नेता कार्कीले सरकारको एक वर्षे कार्यकाल गफमा मात्रै बितेको दावी गर्दै आगामी ४ वर्ष सदुपयोग गरेर अघि बढ्न पनि सुझाव दिए ।

पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले बजेटको प्राथमिकता कार्यान्वयनमा विशेष ध्यान दिन अर्थ मन्त्रालयलाई आग्रह गरे ।

नेता कार्कीले आगामी आर्थिक वर्षको बजेटले गरिबी निवारण, बेरोजगारी समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १२ : ०४ बजे

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को