मेयर राईको पहलमा कोभिड अस्पताल बाहिर कुरुवा घर निर्माण « Khabarhub

मेयर राईको पहलमा कोभिड अस्पताल बाहिर कुरुवा घर निर्माण


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड-१९ अस्पतालको बाहिर संक्रमितका आफन्तका लागि कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको छ ।

धरानका मेयर तिलक राईको पहलमा कोभिड १९ अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नका लागि सहज होस् भन्ने उद्देश्यले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घरसहितको शौचालय र बाथरुम निर्माण गरिदिएका हुन् ।

मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले अहिले कोभिडको बेलामा भिडभाड गर्ने अवस्था नभएको जानकारी दिँदै कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको जानकारी दिए ।

‘मेयर साबसँग कुरा भईरहेको छ, कहिले हस्तान्तरण गर्ने भनेर ? दाताहरुको नाम शिलालेखमा लेख्ने काम भईरहेको छ, अब चाडै अस्पताललाई हस्तान्तरण गर्छौ, अहिले कोभिडको कारण औपचारिक कार्यक्रम गर्न मिल्दैन, अब मेयर साबको निर्देशन अनुसार सानो अनौपचारिक कार्यक्रम गरेर हस्तान्तरण गर्छौ,’ अध्यक्ष अग्रवालले भने ।

कुरुवा घर, शौचालय र बाथरुम १८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ११ : ३० बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,