बाढीजन्य विपदबाट जोगिन बाँकेमा पूर्वतयारी « Khabarhub

बाढीजन्य विपदबाट जोगिन बाँकेमा पूर्वतयारी


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेका स्थानीय तहले बाढी र डुबानबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी थालेका छन् । जिल्लामा राप्ती नदी, मानखोला र डुडुवाखोलामा आउने बाढीले ठूलो धनजनको क्षति गर्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क बनाउँदै पूर्वतयारी गरिएको छ ।

खजुरा गाउँपालिका विपद् व्यवस्थापन समितिले बाढी र डुबानविरुद्ध पूर्वतयारी थालेको छ । गाउँपालिका भएर बग्ने किरण, पेडारी, जेठीनाला र मानखोलाबाट विभिन्न वडामा हुन सक्ने क्षति तथा प्रभावबारे अनुमान गर्दै पूर्वतयारी थालेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

सूचना प्रणालीको विकास, सरोकारवालाको समन्वयबाट तत्काल उद्धार, राहत, खाना, बस्न र औषधि उपचारलगायत व्यवस्थापन गर्ने तयारी गरिएको जनाउँदै उहाँले गाउँपालिकाका राजनीतिक दल, नागरिक अगुवा, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत सम्बद्ध सदस्यबाट प्राप्त सुझावका आधारमा गाउँपालिका व्यवस्थापनमा लागेको बताए ।

खजुरा भएर बग्ने किरण, पेडारी, जेठीनाला र मानखोलाबाट जुनसुकै बेला पनि क्षति पुग्ने भएकाले खोला छेउको बस्तीका बासिन्दालाई सावधानी अपनाउन गाउँपालिका अध्यक्ष कक्षपतिले अनुरोध गरेका छन् ।

राप्ती नदीमा आउने बाढीले हुन सक्ने क्षति न्यूनीकरणका लागि राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पनि आवश्यक पूर्वतयारी गरेका छन् । बाढीजन्य विपद्को उच्च जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकामा राप्ती नदीले हरेक वर्ष डुबान तथा कटानको समस्या र जोखिम निम्त्याउने भएकाले बाढीजन्य प्रकोपबाट जोगिनका लागि जोखिमयुक्त स्थानको पहिचान गरी योजनाअनुसार काम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताए ।

बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी मनसुनबाट करीब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोतसाधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्य रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

उनले बाढी तथा प्रकोपको पहिलो सामना गर्ने स्थानीय तह नै भएको जनाउँदै बाढीजन्य प्रकोपबाट हुन सक्ने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्नका लागि विशेष योजना निर्माण गरी कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए ।

गाउँपालिकाकोे विपद् जोखिम प्रतिकार्य योजनाअनुसार स्थानीय तहले पूर्वतयारी गरिरहेको जानकारी गराउँदै उनले जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पनि विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य गर्ने बताए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १२ : ५४ बजे

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य : नेता आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च