सिंहदरवारस्थित निर्माणाधीन संसद भवनबाट खसेर एक युवकको मृत्यु « Khabarhub

सिंहदरवारस्थित निर्माणाधीन संसद भवनबाट खसेर एक युवकको मृत्यु


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवनबाट खसेर एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार निर्माणाधिन भवनबाट खसेर रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार शुक्रबार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेका थिए । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।

उपचारकै क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : १० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज