महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते भएको उपेन्द्र पक्षको आरोप « Khabarhub

महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते भएको उपेन्द्र पक्षको आरोप


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्रलाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले किर्ते जालसाजी गरिएको फर्जी पत्र भएको जनाएको छ ।

जसपा अध्यक्ष ठाकुरले शुक्रबार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराएका थिए ।

यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको दाबी गरेका छन् ।

‘निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानूनी तथा दण्डनीय कार्य हो,’ खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जसपाको पुस ७ गतको बैठकले गरेका निर्णय अध्यक्षद्वय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक भएको र केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव उक्त बैठकको कार्यसूचीमा नरहेको विज्ञप्तिमा उल्लेख छ ।

ठाकुर पक्ष अहिले सरकारमा सहभागी भएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा उभिएको छ । पार्टी आधिकारिकताको विषयलाई लिएर जसपाभित्रको विवाद अहिले निर्वाचन आयोगमा पुगेछ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ३९ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट