महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते भएको उपेन्द्र पक्षको आरोप « Khabarhub

महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते भएको उपेन्द्र पक्षको आरोप


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्रलाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले किर्ते जालसाजी गरिएको फर्जी पत्र भएको जनाएको छ ।

जसपा अध्यक्ष ठाकुरले शुक्रबार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराएका थिए ।

यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको दाबी गरेका छन् ।

‘निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानूनी तथा दण्डनीय कार्य हो,’ खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जसपाको पुस ७ गतको बैठकले गरेका निर्णय अध्यक्षद्वय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक भएको र केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव उक्त बैठकको कार्यसूचीमा नरहेको विज्ञप्तिमा उल्लेख छ ।

ठाकुर पक्ष अहिले सरकारमा सहभागी भएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा उभिएको छ । पार्टी आधिकारिकताको विषयलाई लिएर जसपाभित्रको विवाद अहिले निर्वाचन आयोगमा पुगेछ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै