हँसपुर नगरपालिकाको बजेट ६२ करोड ८० लाख « Khabarhub

हँसपुर नगरपालिकाको बजेट ६२ करोड ८० लाख


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको हँसपुर नगरपालिकाले जिल्लामै पहिलो पटक बजेट ल्याएको छ । शनिबार पालिकाको आठौं नगरसभाबाट अगामी आर्थिक वर्षको बजेट नगर उपप्रमुख रेणुदेवी झाले प्रस्तुत गरेकी हुन् ।

पालिकाले कोरोना व्यवस्थापनमा र पूर्वाधार विकासमा केन्द्रीत रहेर ६२ करोड ८० लाख ५६ हजार बजेट विनियोजन गरेको छ ।

उपप्रमुख झाले प्रस्तुत गरेको बजेट व्यक्तव्यमा चालु तर्फ ४४ करोड पाँच लाख ८१ हजार अर्थात ७० दशमलव १५ प्रतिशत विनियोजन गरिएको छ भने पूँजीगत तर्फ १८ करोड ७४ लाख ७५ हजार अर्थात २९ दशमलब ८५ प्रतिशत विनियोजन गरिएको छ ।

पालिकाले चालु आर्थिक वर्षमा राजस्व बाँडफाँडबाट आठ करोड दुई लाख ६४ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान वापत १२ करोड ५७ लाख र संघीय सरकारबाट सर्सत अनुदान वापत २० करोढ १३ लाख प्राप्त गरेको आयव्ययमार्फत जानकारी दिएका छन् ।

यस्तै, प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान वापत ७३ लाख ७२ हजार, पोषण तथा अन्य कार्यक्रममार्फत प्राप्त गरेको २९ लाख २० हजार, नगरपालिकाको राजस्वबाट अनुमानित तीन करोड र गत आर्थिक वर्षबाट ल्याएको मौज्दात १६ करोड ५० लाख गरी करिब ६३ करोडको सन्तुलित बजेट प्रस्तुत गरेको हो ।

कोरोना महामारीको व्यवस्थापन र पूर्वाधार विकासको कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकासको लागि ३५ करोड ६१ लख ३५ हजार विनियोजन गरिएको छ भने वातारण तथा विपद व्यवस्थापनको लागि पाँच करोड विनियोजन गरेको हो ।

यस्तै, कार्यालय सञ्चालनको लागि तथा प्रशासनिक खर्चको लागि आठ करोड दुई लाख ६४ हजार निनियोजन गरेको बजेट व्यक्तव्यमा उल्लेख छ । पालिकाले नगरसभाको अवसरमा कर्मचारीको मनोबल बढाउन स्वास्थ्य शाखा प्रमुख र वडा सचिवलाई साइकलसमेत प्रदान गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ५० बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड