पवन कल्याणले पाए ३० करोड एडभान्स, गर्न सक्छन् फिर्ता | Khabarhub Khabarhub

पवन कल्याणले पाए ३० करोड एडभान्स, गर्न सक्छन् फिर्ता


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म उद्योग हुँदै राजनीतिमा लागेका पवन कल्याण फेरि ठूलो पर्दामा आउन सक्ने देखिएको छ । जन सेना चीफसमेत रहेका पवन कल्याणले यसकारण फिल्म क्षेत्रलाई बाइबाइ गरे, ताकि उनी राजनीतिमा फोकस गर्न सकून् । हालै एक खबर आएको छ, पवनलाई फेरि पर्दामा देख्न सकिनेछ ।

तमिल सिनेमा उद्योगको एक चर्चित प्रोडक्सन हाउस मैत्री मुभी मेकर्स ले चलचित्र बनाउन लागेको हो । खबरका अनुसार फिल्मका लागि मोटो रकम पवन कल्याणलाई एडभान्स अफर गरिएको छ । उनलाई लामो समय पहिले अफर गरिएको थियो । तर पछि फिल्मको काम नै स–यो ।

पवन कल्याणलाई कहानी पनि सुनाइएको थियो । उनलाई स्किृप्ट पनि मन परेको बताइएको छ । उनलाई एडभान्समा ३० करोड भारु पनि दिने कुरा बाहिर आएको छ । यदि पवन कल्याणले फिल्ममा काम गर्न माने भने फिल्मको आधिकारिक घोषणासँगै छायांकन पनि थालिनेछ ।

योसँगै पवन कल्याण दक्षिण एसियामै सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बन्ने अनुमान गरिएको छ ।

निर्माण टिमले छायांकनका लागि पवन कल्याणसँग ४० दिनको समय मागेको छ । पवन कल्याणका फ्यानलाई पनि उनको फिल्मको प्रतीक्षा छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ०१ बजे

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन