बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली | Khabarhub Khabarhub

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ ।

यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बाँकेमा कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् ।

बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ ।

भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकामा ११६ खाली छन् ।

उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ११ : ३० बजे

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा