डेढ महिनादेखि चिया मजदुरको आन्दोलन- सरकार र व्यवासायी मौन « Khabarhub

डेढ महिनादेखि चिया मजदुरको आन्दोलन- सरकार र व्यवासायी मौन


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले श्रम ऐनमा उल्लेख गरेका माग कार्यान्वयन गर्न माग गर्दै चिया मजदुर डेढ महिनाले आन्दोलनमा उत्रिएका छन् ।

नयाँ श्रम ऐनअनुसारको ज्याला पाउनुपर्ने, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनलगायतका माग राखी गत चैत १७ गतेदेखि पुर्वका विभिन्न जिल्लाको चिया बगानमा काम गर्ने श्रमिक आन्दोलित छन् । तर, उनीहरुका माग सुनुवाइका लागि सरकार र चिया व्यवसायी दुवैले चासो दिएका छैन । यो विषयमा सरकार र व्यवसायीले चासो नदिएपछि मजदुर निराश भएका छन् ।

श्रमिकको मागलाई निजी चिया कारखानाले सुनुवाइ गरे पनि सरकारी स्वामित्वका चिया कारखानाले भने अटेर गरे बसेको आन्दोलनरत मजदुरको आरोप छ ।

‘हामी डेढ महिनादेखि सरकारले गरेको घोषणा अनुसार सुविधा पाउनुपर्छ भनेर आन्दोलन गरिरहेका छौं’, झापाका चिया मजदुर झलक कोइरालाले भने, ‘हाम्रो मागलाई सरकार र चियाका व्यवयासीले खासै महत्व दिएनन् । आन्दोलन गरेर केही हुँदैन हामी सेवा सुधिवा बढाउँदैनौं भनेर हामीलाई धम्की दिन थाले हाम्रो माग कसले सुन्ला?’

यति लामो समय मजदुर सरकारले तोकेअनुसारका सेवा सुविधा पाँउ भन्दै आन्दोलन गरिरहेको विषयप्रति सरकारले वेवास्ता गरिरहेको चिया श्रमिक तथा अखिल नेपाल ट्रेड युनियन महासंघ पुर्वी उपाध्यक्ष विष्णु भट्टराई जानकारी दिएका छन् । नयाँ श्रम ऐन कार्यान्वयन गर्न माग राख्दा उद्योग र सरकारले कार्यान्वयनमा चासो नदेखाउनु आश्चार्यजनक रहेको उनको भनाइ छ ।

इलामका सरकारी स्वामित्वका चिया बगान इलाम चिया बगान, चिलिमकोट चिया बगान, कन्याम चिया बगान र सोक्तिम चिया बगानका श्रमिक काम ठप्प पारेर आन्दोलनमा छन् । झापाका टोकला चिया बगान, बर्ने चिया बगान र बाह्रदशी चिया बगानका श्रमिकले पनि काम छाडेर हड्तालमा छन् । यस्तै पाँचथर चिया बगानका चिया मजदुर पनि आन्दोलनरत छन् ।

श्रमिकलाई औषधि उपचारवापत २० हजार रूपैयाँ दिने, प्रशुति बिदा नयाँ ऐनअनुसार ४५ दिनबाट बढाएर ७० दिन बनाउने, लगातार काम गरेको १५ वर्षपछि निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने नियम भए पनि अहिले चिया व्यवसायीले मजदुर चिया पाउनबाट मजदुर बन्चित छन् । सरकारी चिया बगानमा काम गर्ने श्रमिकले भने सरकारले निधारण गरेको न्युनतम पारिश्रमिक पाइएको नेपाल चिया विकास निगम लिमिटेडले जनाएको छ ।

गत साउन १ गतेदेखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला ३ सय ८५ रूपैयाँ तोके पनि श्रमिकले २ सय ६५ देखि ३ सय आठ रूपैयाँसम्म मात्र चिया व्यवसायीले दिइरहेको छ । चिया व्यवसायीले भने श्रमिकको ज्यालामा बढी रकम खर्चिनुपर्ने भएकाले राजपत्रमा अकिंत ज्याला दिन नसकिने बताउदै आएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ३७ बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका

पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते

इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं– विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगञ्ज– बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच