तपाईं हातले खाना खान लाज मान्नु हुन्छ ? « Khabarhub

तपाईं हातले खाना खान लाज मान्नु हुन्छ ?


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


एजेन्सी- हिन्दूधर्मको वेदहरुका अनुसार हात सबैभन्दा महत्वपूर्ण अंग हो । यस्तै हातका प्रत्येक औँला पाँच तत्वको विस्तार हो । बुढी औँलाले अन्तरिक्षलाई बुझाउँछ । त्यस्तै चोर औँलाको साथ हावा (वायु) जोडिनेछ ।

माइली औँला (मध्य औँला) ले अग्नीलाई जनाउने छ । साइली औँलाले शुद्ध पानीलाई जनाउँने छ भने कान्छी औँलाले पृथ्वीको प्रतिनिधित्व गर्दछ । त्यसैले हातले खाना खाँदा यी पाँच तत्व उत्तेजित हुने गर्दछ । यस्तै पेटमा पाचन रसको उत्पादन गर्नमा पनि यसले मद्दत गर्दछ । हातले खाना खाँदा प्राप्त हुने फाइदाबारे जानकारी राखौँ ।

  • हातले खाना खाँदा तातो खानाका कारण मुख पोल्नबाट बचाउँनेछ । किन भने हातले खाना छुने बित्तिकै उक्त खाना कति तातो या चिसो छ भन्ने कुरा थाहा पाउन सकिने छ । तर चम्चाले खाना खाने हो भने तातो या चिसोबारे जानकारी लिन सकिँदैन । यसका साथै चम्चाको तापमान खानाको तापक्रम अनुसार बदलिने गर्दछ ।
  • हातले खाना खाँदा हातका औँलाहरु आपसमा मिलेर जुन मुद्रा बन्छ, त्यसले शरीरमा विशेष ऊर्जा उत्पन्न हुनेछ । र शरीर स्वास्थ रहनेछ ।
  • खाना खानु पहिले तथा खाइसकेपछि हात धुने क्रममा विशेष ध्यान दिन आवश्यक छ । चम्चाले खाना खानुभन्दा हातले खाना खाँदा         लाभदायक हुनेछ ।
  • हातले खाना खाँदा शरीरमा पञ्चतत्वहरुको सन्तुलन रहने छ ।
  • यसो गर्नाले हातको सञ्चालन अर्थात अभ्यास पनि हुनेछ ।
  • हातले खाना खाने हो भने टाइप २ डाइभिटिज (मधुमेह) बाट पनि टाढा रहन बल पुग्ने छ ।
  • हातले खाना खाँदा हात, मुख, पेट, आँत तथा मस्तिष्कको बीच एक सम्बन्ध बनाउँने छ । यसबाट शरीरको भित्री संकेतमार्फत खाना सजिलै पचाउने छ ।
  • शोधकर्ताहरुका अनुसार हातले खाना खाँदा राम्रोसँग पेट भरिनेछ । तृप्ति मिल्नेछ, यस्तै तौल घटाउनका लागि पनि हातले खाना खाए सहयोगी हुने छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ३ : ०७ बजे

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं– शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा

चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

ढोरपाटन– एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ