उपेन्द्रसँगको एकतापछि बाबुराम समूहमा असन्तुष्टि, १५ नेताको गोप्य बैठक « Khabarhub

उपेन्द्रसँगको एकतापछि बाबुराम समूहमा असन्तुष्टि, १५ नेताको गोप्य बैठक


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गरेको तीन दिन वित्न नपाउँदै पूर्व नयाँ शक्ति पार्टीमा असन्तुष्टि देखिएको छ ।
असन्तुष्ट समूहका नेताहरुले बुधबार विहान ललितपुरमा भेला गरेका छन् ।

नयाँ शक्ति पार्टीका नेता मदन राईको निवासमा बसेको असन्तुष्टहरुको बैठकमा कल्पना धमला, देवेन्द्र पराजुली, रामरिझन यादव, भक्तबहादुर शाह, सोना स्याङताङ लगायतका १५ जना नेता सहभागी थिए ।

उनीहरुले समाजवादी फोरमसँगको एकताबारे पार्टीमा छलफल नभएको, समावेशी नभएको लगायतका आरोप लगाएका छन् ।
‘पार्टी पारिवारीक पार्टी जस्तो भयो, पारदर्शीता भएन, विभेदको अन्त्य भएन’ बैठकमा सहभागी मदन राईले भने,‘आसेपासेलाई स्याहार्ने कांग्रेस कम्युनिस्ट जस्तो पार्टीमा रुपान्तरित भएकोमा हामी दुःखी छौं ।’

उनले यस्तो गतिविधिबाट पार्टीलाई सुधार गर्न डा. भट्टराई र उपेन्द्र यादवलाई आग्रह गर्दै पत्रबुझाउने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘अर्को दल बनाउने भन्दा पनि यसलाई सुधारका लागि हामी केही सुझाव पार्टी नेतृत्वलाई दिन्छौं’ असन्तुष्ट नेता राईले भने,‘आज साँझ डा. भट्टराई, उपेन्द्रजी र अशोक राईलाई हामी सुझावसहितको पत्र दिन्छौं ।

भेलामा पार्टी एकताबारे नयाँ शक्तिको बैठकमा छलफल नगरेको, उपेन्द्रको पार्टीसँग एकता नभइ विलय गराएको, परिवारवाद हावी भएको लगायका विषयमा नेताहरुले असन्तुष्टि राखेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  २ : ०९ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास