अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च : गर्भनर « Khabarhub

अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च : गर्भनर


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग आज श्रव्यदृश्यमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले भने , “ संसारभरी नै साना तथा मझौला उद्योगको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले पनि महत्वपूर्ण रहेको र अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहेको छ ।”

नेपाल राष्ट्र बैंकले पनि आफ्नो आफ्ना नीतिमा यस क्षेत्रलाई प्राथमिकता राख्दै आएको र चालु आवकोे मौद्रिक नीतिमार्फत ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेको स्पष्ट पारे ।

सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कूल कर्जाको १५ प्रतिशत रु एक करोड भन्दा साना कर्जामा जानुपर्ने व्यवस्था यस क्षेत्रलाई गरिएको उनको भनाइ थियो ।

महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्न माग गरे । साना उद्योगीको हकमा पुनकर्जा सम्बन्धी कार्यविधिलाई पुनलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उनले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताए ।

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिँहलगायतले साना तथा मझौला उद्योगको विकासमा विशेष ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : ०५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको