‘कबीर सिंह’ बन्न शाहिदको यस्तो संघर्ष | Khabarhub Khabarhub

‘कबीर सिंह’ बन्न शाहिदको यस्तो संघर्ष


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– फिल्म ‘कबीर सिंह’ रिलिज भएको दुई वर्ष पुगेको छ । सन् २०१९ को जुन २१ मा रिलिज भएको फिल्ममा अभिनेता शाहिद कपुर र अभिनेत्री कियारा आडवाणीको जोडीलाई दर्शकले अधिक रुचाएका थिए ।

फिल्मले बक्सअफिस कमाईसँगै विभिन्न रेकर्ड आफ्नो नाममा राख्यो । फिल्मले अभिनेता शाहिदलाई सफलताको एउटा नयाँ उचाईमा पुर्‍यायाे ।

फिल्मका लागि शाहिदले निकै मेहनत गरेका थिए । युवा प्रेमी भूमिकाका लागि उनले १४ किलो वजन घटाएका थिए । त्यहीकारण उनी फिल्ममा निकै हेण्डसम देखिएका थिए ।

फिल्ममा शाहिदको भूमिका एक सन्काहा प्रेमीको थियो । जो आफैंलाई लागुऔषधको लतमा पारेको थियो । यो चरित्र निभाउनका लागि शाहिदले एकै दिन २० चुरोट सेवन गर्नुपरेको थियो । जबकी वास्तविक जीवनमा शाहिद चुरोट सेवन गर्दैनन् ।

‘म चुरोट सेवनलाई समर्थन गर्दिनँ । यद्यपि भूमिकाका लागि यो जरुरी थियो । जुन सजिलो थिएन । एक समय मलाई एकदिनमै २० वटा चुरोट सेवन गर्नुपर्ने अवस्था आएको थियो । त्यसपछि म घरमा जानु अघि दुई घण्टासम्म नुहाउथे,’ उनले भनेका छन् । उनले ‘कबीर सिंह’लाई १६ वर्षको फल मानेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : ०८ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको