‘कबीर सिंह’ बन्न शाहिदको यस्तो संघर्ष « Khabarhub

‘कबीर सिंह’ बन्न शाहिदको यस्तो संघर्ष


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– फिल्म ‘कबीर सिंह’ रिलिज भएको दुई वर्ष पुगेको छ । सन् २०१९ को जुन २१ मा रिलिज भएको फिल्ममा अभिनेता शाहिद कपुर र अभिनेत्री कियारा आडवाणीको जोडीलाई दर्शकले अधिक रुचाएका थिए ।

फिल्मले बक्सअफिस कमाईसँगै विभिन्न रेकर्ड आफ्नो नाममा राख्यो । फिल्मले अभिनेता शाहिदलाई सफलताको एउटा नयाँ उचाईमा पुर्‍यायाे ।

फिल्मका लागि शाहिदले निकै मेहनत गरेका थिए । युवा प्रेमी भूमिकाका लागि उनले १४ किलो वजन घटाएका थिए । त्यहीकारण उनी फिल्ममा निकै हेण्डसम देखिएका थिए ।

फिल्ममा शाहिदको भूमिका एक सन्काहा प्रेमीको थियो । जो आफैंलाई लागुऔषधको लतमा पारेको थियो । यो चरित्र निभाउनका लागि शाहिदले एकै दिन २० चुरोट सेवन गर्नुपरेको थियो । जबकी वास्तविक जीवनमा शाहिद चुरोट सेवन गर्दैनन् ।

‘म चुरोट सेवनलाई समर्थन गर्दिनँ । यद्यपि भूमिकाका लागि यो जरुरी थियो । जुन सजिलो थिएन । एक समय मलाई एकदिनमै २० वटा चुरोट सेवन गर्नुपर्ने अवस्था आएको थियो । त्यसपछि म घरमा जानु अघि दुई घण्टासम्म नुहाउथे,’ उनले भनेका छन् । उनले ‘कबीर सिंह’लाई १६ वर्षको फल मानेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : ०८ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने