समूह विजेता बन्दै बेल्जियम युरोकपको नकआउटमा « Khabarhub

समूह विजेता बन्दै बेल्जियम युरोकपको नकआउटमा


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समूह चरणका सबै खेल जितेको बेल्जियम समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार बिहान सम्पन्न तेस्रो खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे ।  बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो । फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५औँ मिनेटमा आत्मघाती गोल गरे ।

खेलको ८१औँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए ।

समूह विजेता बनेको बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो । फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो । फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो ।

पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ  । समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै फिनल्याण्डको अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको हो  ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ५० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन