‘गणपत’मा टाइगर ‘बक्सर’ | Khabarhub Khabarhub

‘गणपत’मा टाइगर ‘बक्सर’


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– अभिनेता टाइगर श्राफ हालका दिनमा आगामी फिल्म ‘गणपत’को तयारीमा व्यस्त छन् । यो फिल्ममा टाइगर ‘बक्सर’को भूमिकामा देखिँदैछन् ।

विकास बहलले निर्देशन गर्ने फिल्ममा टाइगरको अपोजिटमा कृति सेनन हुनेछिन् । टाइगर आगामी सेप्टेम्बर २० बाट सुरु हुने यो फिल्मको सुटिङको तयारीमा जुटिसकेका छन् ।

फिल्मको सुटिङका लागि निर्देशक विकास र टाइगर उत्साहित छन् । फिल्मको सुटिङ गत वर्षको अन्त्यमा सुरु हुने भनिए पनि कोरोना महामारीका कारण सुटिङ रोकियो ।

‘भारतमा कोरोना महामारी विस्तारै नियन्त्रणमा आइरहेको र सेप्टेम्बर २० सम्ममा अवस्थामा सामान्य हुने समय पर्याप्त रहेकाले फिल्म निर्माण टिमले यो समय छनोट गरेको हो’, फिल्म निकट स्रोतले भनेको छ ।

स्पोर्टस ड्रामामा आधारित फिल्म ‘गणपत’ले शुन्य तहबाट संघर्ष गरेर सफलताको शिखर चुमेको एक बक्सरको कथा देखाउनेछ । यसबाहेक फिल्मले बाबुछोराको भावनात्मक बोण्डिङलाई पनि देखाउनेछ ।

फिल्मका लागि टाइगर यतिबेला मार्सल आर्टिष्टको मद्दतमा बक्सिङ सम्बन्धी तालिम लिइरहेका छन् । उनी मिक्स मार्सल आर्टस सिकिरहेका छन् ।

विकासले टाइगरलाई अहिलेसम्म कुनै पनि फिल्ममा नदेखिएको अवतारका रुपमा प्रस्तुत गर्ने तयारीमा छन् । फिल्ममा टाइगरको नाम ‘गणपत’ हुनेछ । निर्माताले ‘गणपत’ एक फ्रेञ्चाइजी फिल्म रहेको खुलाउदै फिल्ममा हलिउडस्तरको एक्सन हुने दाबी गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १२ : ०० बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको