प्रभासको ‘राधे–श्याम’ सुटिङ सेटमै १ सय ६ करोड खर्च « Khabarhub

प्रभासको ‘राधे–श्याम’ सुटिङ सेटमै १ सय ६ करोड खर्च


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता प्रभास फिल्म ‘राधे–श्याम’का कारण यतिबेला चर्चामा छन् । फिल्ममा उनको अपोजिटमा पूजा हेगडे छिन् ।

फिल्मको सुटिङ पुरा भइसकेको छ । निर्माताले फिल्मका प्रमुख कलाकारको फस्टलुक पनि सार्वजनिक गरिसकेका छन् । यो फिल्ममा निकै लामो समयपछि प्रभास ‘लभर ब्वाइ’को रुपमा देखिँदैछन् । जसकारण पनि उनका फ्यान निकै उत्साहित छन् ।

फिल्मको बजेटको कुरा गर्ने हो भने यो फिल्म प्रभासको करियरको सबैभन्दा महंगो फिल्ममध्येमा पर्दछ । प्रेम कथाको फिल्म भएकाले निर्माताले फिल्मको सेटका लागि नै सय करोड बढी खर्च गरेका छन् ।

फिल्ममा २६ वटा सेट बनाइनेछ । जसका लागि बजेट नै १ सय ६ करोड छुट्याइएको छ । फिल्म यूवी क्रिएसन र गोपीचन्द पिक्चरले टी–सिरिजसँग मिलेर निर्माण गर्दैछ ।

फिल्मको रिलिज अधिकार मेकर्स पेन–इण्डियाले लिएको छ । जसकारण पनि खर्च कति हुन्छ भन्ने हिसाब गरिएको छैन ।

निर्माताहरु प्रभासको लोकप्रियताको अगाडि सयदेखि १ सय ५० करोड बजेट कम हुने दाबी गर्छन् । ‘बाहुबली’ सिरिज पछि प्रभास भारतका सबैभन्दा ठूला स्टार बनेका छन् । जसकारण पनि निर्माताहरु उनीमाथि लगानी गर्न हिचकिचाउदैनन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ०० बजे

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ