दुई पांग्रेमा यात्रु बोक्दा भाडा ! कारबाहीमा परिएला « Khabarhub

दुई पांग्रेमा यात्रु बोक्दा भाडा ! कारबाहीमा परिएला


२ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ । विदेशीको सिको गर्दै केही व्यक्तिहरुले अनलाइनमा मार्फत यात्रुलाई दुई पांग्रे सवारी साधनमा ओसार–पसार गर्न थालेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको ध्यानआकृष्ट भएको छ ।

महाशाखाले सोमबार मोटरसाइकल र स्कुटरमा यात्रु आसार्नेसित छलफल गर्दै यात्रु नओसार्न निर्देशन दिएको छ । महाशाखाले यात्रुको सुरक्षा र कानुनी रुपमा निजी प्रयोजनका लागि अनुमति लिएर भाडामा चलाउन नपाइने भएकाले दुई पांग्रे सवारीले यात्रु ओसार्न नपाउने जनाएको हो ।

यातायात व्यवस्था विभागसँगको समन्वयन गर्न र अर्को निर्णय नहुञ्जेल यात्रु नओसार्न निर्देशन दिएको महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए ।

काठमाण्डु उपत्यकामा अहिले केही व्यक्तिको समूहले मोटरसाइकल र स्कुटरमा यात्रु ओसार्ने गरेका छन् । यस्तै ट्राफिक प्रहरीले यात्रुलाई यस्तो सेवा नलिन पनि आग्रह गरेको छ । सेवा लिँदा आफू ठगिए वा कुनै समस्यामा परे तुरुन्त ट्राफिक प्रहरी वा प्रहरीमा खबर गर्न आग्रह गरेको छ ।

नियमविपरीत मोटरसाइकल र स्कुटरमा यात्रु बोक्नेलाई एक हजार रुपैयाँ जरिवाना तिराइने पनि ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच, मोबाइल एप्लिकेशनमार्फत सम्पर्क गरी यात्रुलाई गन्तव्यमा पुर्याउँदै आएका यस्ता सेवा दर्ता नहुँदा कानूनी जटिलता देखिएको भन्दै ट्राफिक प्रहरीले पाँच जनालाई कारबाही समेत गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ८ : ४४ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको