फिल्ममा फर्कन ढिलाइ गर्दै अनुष्का | Khabarhub Khabarhub

फिल्ममा फर्कन ढिलाइ गर्दै अनुष्का


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री अनुष्का शर्मा लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनन् । उनले पर्दाबाट ब्रेक लिएको निकै समय भइसकेको छ । यद्यपि उनी निर्माताको रुपमा सक्रिय छिन् ।

आमा बनेपछि तत्कालका लागि फिल्ममा फर्किने अनुष्काको कुनै चाहना छैन । मातृत्वको अनुभव लिएपछि तत्काल कुनै जोखिम मोल्न नचाहने सोच अनुसार नै उनी आगामी वर्षसम्म सुटिङ सेटमा नजाने उनको योजना छ ।

‘अनुष्का यो वर्ष सुटिङबाट टाढा हुनेछिन् । किनकी छोरी वामिका अहिले निकै सानी छिन् । अभिनेत्री कोभिड महामारीको यो समयमा कुनै पनि जोखिम मोल्न चाहन्नन्’, अनुष्का निकट स्रोतले भनेको छ ।

अनुष्काले अहिले पहिलो प्राथमिकतामा छोरी वामिका राखेकी छन् । त्यसकारण पनि उनी सुटिङका लागि बाहिर गएर वामिकाका लागि चुनौती लिन चाहन्नन् ।

अनुष्का सन् २०१८ मा शाहरुख खान र कटरीना कैफका साथ फिल्म ‘जीरो’, वरुण धवनका साथ ‘सूई धागा’ र रणवीर कपूरका साथ फिल्म ‘सञ्जू’मा देखिएकी थिइन् । यसपछि उनी कुनै फिल्ममा देखिइनन् ।

अनुष्काले वेब सिरिज ‘पाताल लोक’ र एक फिल्म ‘बुलबुल’ निर्माण गरिन् । उनी चाँडै फिल्म ‘माइ’ र ‘काला’ निर्माण गर्दैछिन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : ०० बजे

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

काठमाडौं – जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र