फिल्ममा फर्कन ढिलाइ गर्दै अनुष्का « Khabarhub

फिल्ममा फर्कन ढिलाइ गर्दै अनुष्का


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री अनुष्का शर्मा लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनन् । उनले पर्दाबाट ब्रेक लिएको निकै समय भइसकेको छ । यद्यपि उनी निर्माताको रुपमा सक्रिय छिन् ।

आमा बनेपछि तत्कालका लागि फिल्ममा फर्किने अनुष्काको कुनै चाहना छैन । मातृत्वको अनुभव लिएपछि तत्काल कुनै जोखिम मोल्न नचाहने सोच अनुसार नै उनी आगामी वर्षसम्म सुटिङ सेटमा नजाने उनको योजना छ ।

‘अनुष्का यो वर्ष सुटिङबाट टाढा हुनेछिन् । किनकी छोरी वामिका अहिले निकै सानी छिन् । अभिनेत्री कोभिड महामारीको यो समयमा कुनै पनि जोखिम मोल्न चाहन्नन्’, अनुष्का निकट स्रोतले भनेको छ ।

अनुष्काले अहिले पहिलो प्राथमिकतामा छोरी वामिका राखेकी छन् । त्यसकारण पनि उनी सुटिङका लागि बाहिर गएर वामिकाका लागि चुनौती लिन चाहन्नन् ।

अनुष्का सन् २०१८ मा शाहरुख खान र कटरीना कैफका साथ फिल्म ‘जीरो’, वरुण धवनका साथ ‘सूई धागा’ र रणवीर कपूरका साथ फिल्म ‘सञ्जू’मा देखिएकी थिइन् । यसपछि उनी कुनै फिल्ममा देखिइनन् ।

अनुष्काले वेब सिरिज ‘पाताल लोक’ र एक फिल्म ‘बुलबुल’ निर्माण गरिन् । उनी चाँडै फिल्म ‘माइ’ र ‘काला’ निर्माण गर्दैछिन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : ०० बजे

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ