भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण | Khabarhub Khabarhub

भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा अधिकृत बद्री बरालले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएका सबैलाई आवश्यक औषधिसहित होम आइसोलेसनमा बस्न अनुरोध गरिएको उनले जानकारी दिए ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म शिविरमा पाँच जनाको मृत्यु भइसकेको छ भने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तर परीक्षण नगरिएका अन्य केही व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको शिविरका पूर्वसचिव युवराज साङ्पाङले बताए ।

शिविरमा बढ्दै गएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने भुटानी शरणार्थी अपाङ्ग सङ्घकी अध्यक्ष देवीमाया गुरुङ्गले बताए ।

यसैबीच शिविरका १० जना सङ्क्रमित परिवारलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संस्था (यूएनएसीआर ) र विश्व लुथरन फेडरेशनको सहयोगमा चामल, तेललगायत खाद्यान्नसहित सरसफाइसम्बन्धी सामग्री प्रदान गरिएको बताइएको छ ।

पूर्वी मोरङको पथरी र दमकमा रहेको दुई शिविरमा करिब पाँच हजार भुटानी शरणार्थी बस्दै आएका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : ५४ बजे

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न

छ्याङ्दी हाइड्रोपावरको शेयर लिलामीमा प्रतिकित्ता २६६ रुपैयाँले बिक्री

काठमाडौं– छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बिक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट