एमालेले भन्यो : सर्वोच्चको आदेश अप्रत्याशित | Khabarhub Khabarhub

एमालेले भन्यो : सर्वोच्चको आदेश अप्रत्याशित


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेले संसद विघटनपछि भएको मन्त्रिपरिषद विस्तारलाई बदर गर्ने सर्वोच्च अदालतको आदेश अप्रत्याशित भएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद विस्तारलाई मंगलबार सर्वोच्चले बदर गर्ने अन्तरिम आदेश जारी गरेको थियो । यो आदेशले राष्ट्रिय राजनीतिलाई जटिल दिशातिर धकेलेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिक्रिया दिएका छन् ।

‘यो फैसला अप्रत्याशित छ र यसले राष्ट्रिय राजनीतिलाई जटिल दिशातिर धकेलेको छ ।’ उनले भने ।

सर्वोच्चको फैसलालाई लिएर पार्टीले बैठक राखी छलफल गर्ने र त्यसपछि आधिकारिक धारणा सार्वजनिक गरिने पनि ज्ञवालीले बताए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितल प्रतिनिधिसभा विघटन गरेको काम चलाउन चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने उल्लेख गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको अन्तरिम आदेशपछि २० मन्त्री स्वत पदमुक्त भएका छन् भने मन्त्रीपरिषदमा प्रधानमन्त्रीसहित पाँच मात्रै मन्त्री रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : २९ बजे

कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी